Logo

एकेडेमीको भेला लुम्बिनीमा



काठमाडौं, चैत १ गते । जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय भेला विश्व शान्ती तपोबन भूमी लुम्बिनीमा हुने भएको छ ।
उक्त भेला आगामी चैत्र २३ गते हुने भएको र सोको तयारी समेत थालिएको एकेडेमीले जनाएको छ । भेलो एकेडेमीका संरक्षक एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यता हुने एकेडेमीकी उपमहासचिव सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।

अन्तर्राष्ट्रिय खेलकुद दिवस अप्रिल ६ को अवसरमा आयोजना हुने राष्ट्रिय भेला अन्तर्गत “शान्ती र समृद्धीको लागि खेलकुद“ भन्ने नारा सहित विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने तय भएको उपमहासचिव श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रमअन्तर्गत पिस ओपन महिला तथा पुरुष हाफ म्याराथन समेत आयोजना हुनेछ । सो प्रतियोगिताका लागि एकेडेमीका एथलेटिक्स विभाग प्रमुख मोहन घलेको संयोजकत्वमा तयारी समिति गठन भएको एकेडेमीले जनाएको छ भने अन्य विभिन्न १५ वटा राष्ट्रियस्तरका प्रतियोगिताहरु समेत राष्ट्रिय भेलामा घोषणा गरिने छ ।
त्यसै गरी राष्ट्रिय भेलामा ७७ जिल्लाका साथै ७ सय ५३ वटै पालिका कमिटीहरु पनि घोषणा गरिने भएको   छ । एकेडेमीले प्रतिनिधिहरुको नाम पठाउन २०७९ साल चैत्र ०७ गते सम्म आह्वान समेत गरेको छ ।

भेला लाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उप समितिहरु गठन गरी परिचालन गरिएको एकेडेमीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता