शहीद स्मृति क्योकुसिन कराते आइतबार

काठमाण्डौं,फागुन २७ । नेपाल एटेमी क्योकुसिन कराते संघको आयोजनामा प्रथम शहीद स्मृति क्योकुसिन कराते प्रतियोगिता आइतबार हुने भएको छ ।
प्रतियोगितामा पुरुषमा ५ र महिलामा ४ गरी जम्मा ९ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका ब्रान्च चिफ प्रदीप थापाले जनाएका छन् । बानियाँटारमा हुने एकदिने प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितालाई लक्षित गरी शुक्रबारदेखि सेमिनार पनि सुरु भएको छ । दुईदिने सेमिनारमा १ सय सहभागी छन् । सेमिनार र प्रतियोगिताका लागि हंगेरीबाट एटेमीका प्राविधिक निर्देशक डा. एटिला गुवासीसहितको ७ सदस्यीय टोली शुक्रबारै नेपाल आइपुगेको छ । उनीहरुलाई ब्रान्च चिफ थापालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।