Logo

योङगीलाई स्वर्ण



काठमाडौं, फागुन २५  गते । योङ्गी पौडेलले बृहत खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिताको गल्र्स यु–१६ सिंगल्समा बुधबार स्वर्ण जितेकी छन् ।

सातदोबाटोस्थित कराते हलमा भएको फाइनलमा योङ्गीले अंकिता बज्राचार्यलाई ११–८, ११–९ र ११–९ को सोझो सेटमा पराजित गरिन् । एभीएमकी आस्मा पहरी र हाखा युवा क्लबकी इशानी महर्जन संयुक्त रुपमा तेश्रो भए ।

सोही स्पर्धाको ब्वाइजमा अस्मिता स्कुलका आशिष महता पहिलो, एभीएमका आरिश शाक्य दोश्रो तथा एभीएमका कुशल र जयश्नु महर्जन तेश्रो बने ।
गल्र्स यु–१२ सिंगल्समा एभीएमकी श्रृया शाक्य पहिलो, एभीएमकै अर्सना महर्जन दोश्रो तथा मार्योकी सुरमाया शाक्य र एभीएमकी निर्भी श्रेष्ठ तेश्रो बने । यु–१२ ब्वाइजमा इडेन गार्डेन स्कुलका रिजन शाक्य पहिलो, एभीएमका स्वर्णिम शाक्य दोश्रो तथा बसराका वचन विष्ट र सीवाइसीका निर्भाना वज्राचार्य तेश्रो भए ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता