बुद्ध एकेडेमीलाई उपाधि

काठमाडौं, फागुन २१ गते । बुद्ध एकेडेमीले दोस्रो गोकर्णेश्वर नगरस्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा गोरक्ष स्पोर्टिङ क्लबको संयोजनमा भएको प्रतियोगीताको फाइनलमा बुद्ध एकेडेमीले सर्वनाम शिक्षालयलाई पराजित गर्दै उपाधी जितेको हो । एकता जेम्स स्कुलले तेश्रो स्थानमा चित्त बुझायो ।
फाल्गुन १७ गतेदेखि गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित बुद्ध एकेडमीमा भएको प्रतियोगितामा बुद्ध एकेडमीकै जोन पाख्रिन प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । अनुशासित टिमको उपाधि इस्टपोल माविले हात पार्यो ।
विजेतालाई गोकर्णेश्वर नगरपालिका प्रमुख दिपककुमार रिसाल, गोकर्णेश्वर नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका संयोजक सञ्जय लामा, नगरपालिकाका प्रवक्ता एवं वडा नं. ५ का वडा अध्यक्ष नारायणबहादुर सुवेदीलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको गोरक्ष स्पोर्टिंङ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक रञ्जनकुमार सापकोटाले जानकारी गराए ।