Logo

चाँदबाग खेलकुद महोत्सव बुधबारदेखि



काठमाडौं, फागुन २ गते । द चाँदबाग स्कुलको आयोजनामा चाँदबाग खेलकुद महोत्सव बुधबारदेखि हुने भएको छ । महोत्सवमा मिनी बास्केटबल, यु–१२ फुटबल र आर्ट कम्पिटीसन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा चाँदबागकी प्रिन्सिपल मिलन केसी लोप्चनले जानकारी गराइन् ।
बास्केटबलमा ब्वाइज÷गल्र्समा समान ८–८ गरी १६ टिमको सहभागिता रहने चाँदबागका भाइस प्रिन्सिपल सोमराज पनेरुले जानकारी दिए । फुटबलमा २४ टिमले भाग लिने छन् । आर्ट कम्पिटीसनमा विभिन्न ३७ विद्यालयका करिब ३ सय ७० को सहभागिता रहने चाँदबागका इसीए को–ओर्डिनेटर दिनेश परियारले अवगत गराए । खेलहरु बाँसवारीस्थित आयोजकको हातामा खेलाइने छ । प्रतियोगिता फागुन ९ गतेसम्म चल्ने छ ।

एभेन्सलाई जिनियस फुटसल उपाधि

एभेन्सले दोश्रो जिनियस कप यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
लुभूस्थित आयोजक जिनियस आइ.बि. वल्र्ड स्कुलमा भएको फाइनलमा एभेन्सले प्रिमियर इन्टरनेसनल स्कुललाई ३–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि सक्षम खरेलले २ तथा विरल थापाले १ गोल गरे ।

प्रतियोगितामा प्रिमियरका अबिम रोका मगर उत्कृष्ट खेलाडी घोषित भए । एभेन्सका योयिल तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । युरो स्कुल, छाउनीका सत्भिक प्रधान प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिताभर ११ गोल गरे । युरो स्कुल, कोटेश्वरले अनुशासित टिमको उपाधि हात पार्यो ।
विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, जिनियसका चेयरम्यान नवीनकुमार जोशी, जिनियसका कार्यकारी निर्देशक एवं प्रिन्सिपल राजेशकुमार जोशी, जिनियसका शिक्षा प्रमुख प्रदीप वज्राचार्य, प्रतियोगिता संयोजक राजेन्द्र कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

एकदिने प्रतियोगितामा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि स्वस्तिश्रीले जितेको थियो ।
जिनियसका प्रिन्सिपल जोशीले उमेरसमूहकै प्रतियोगिताबाट भविष्यका प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा यु–१२ उमेरसमूहको प्रतियोगिता आयोजना गरिएको बताए ।

आयोजक भद्रकाली विजयी

आयोजक भद्रकाली दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेको छ । हात्तीगौडास्थित घरेलु कोर्टमा भद्रकालीले टीआईएलाई २१–१८ ले पराजित ग¥यो । भद्रकालीका प्रनिक राईले ९ स्कोर गरे ।

सिनियर ब्वाइजमै नेपाल मोडलले स्कोलर्स होमलाई २३–२२, भ्याली पब्लिकले एचएचसीएलाई ३९–२२ र नेसनल युनाइटेडले जुगललाई १२–१० ले हराए । नेपाल मोडलका सौरव चौधरीले ११, भ्याली पब्लिकका सुनिल पौडेलले १४ तथा नेसनल युनाइटेडका आयुश गुरुङ र सुयोग हमालले समान ४–४ अंक जोडे ।
सिनियर गल्र्समा भ्याली पब्लिकले दोहोरो जित हात पा¥यो । भ्याली पब्लिकले ग्रिनल्यान्डलाई २२–१६ तथा जुगललाई २२–१२ ले पाखा लगायो । जितमा ग्रिनल्यान्ड विरुद्ध अनिता गुरुङले ७ तथा जुगल विरुद्ध लोरिशा गौचनले ५ अंक योगदान गरे ।

जुनियर ब्वाइजमा गोल्डेनपिकले ग्रिनल्यान्डलाई १९–९ तथा भ्याली पब्लिकले हिमालयन किङडमलाई १२–८ ले पन्छाए । गोल्डेनपिकका पासाङ छिरिङले ६ तथा हिमालयनका किङडमका विशाल परियारले ८ अंक बटुले ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता