Logo

पुलिसलाई थप ५ स्वर्ण



काठमाण्डौं,माघ २७ । नेपाल पुलिस क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन ५ वटा स्वर्ण पदक थपेको छ । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा जारी प्रतियोगितामा शुक्रबार नेपाल एपिएफ क्लबले एउटा स्वर्ण पदक थप्दा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ ।

प्रतियोगिताको पहिलो दिन बिहीबार पुलिसले ३ र एपिएफ क्लबले २ वटा स्वर्ण पदक जितेको थियो । १७ इभेन्ट्स मध्ये १२ इभेन्ट्सको छिनोफानो हुँदा पुलिसले सर्वाधिक ८,  एपिएफले ३ र आर्मीले एउटा स्वर्ण पदक जितेको छ । प्रदेशका टोलीले भने अहिले सम्म स्वर्णको खाता खोल्न सकेका छैनन् । प्रतियोगिताको अन्तिम दिन ५ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
पुरुष कुमुते ६० केजी तौल समूहमा एपिएफका मीनबहादुर तामाङले स्वर्ण, आर्मीका किर्तन महर्जनले रजत तथा लुम्बिनी प्रदेशका यामबहादुर समाल र गण्डकी प्रदेशका सक्षम लामाले कास्य पदक जितेका छन्  ।
यसअघि शुक्रबार नै नेपाल पुलिस क्लबकी सोनी राई महिला कुमुते ६१ केजी तौल समूहमा स्वर्ण, एपिएफका रमिता माझीले रजत तथा आर्मीकी सानुमाया थिङ र मधेश प्रदेशकी खुस्बु खड्काले कास्य पदक प्राप्त गरिन्  ।
पुलिसका सोनम लामाले पुरुष कुमुते ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । त्यसमा एपिएफका सुविन खत्रीले रजत तथा गण्डकी अंकित गुरुङ र राम बिसीले कास्य पदक जितेका थिए ।
त्यसअघि महिला ५० केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठ स्वर्ण पदक जित्दा सुदूरपश्चिम प्रदेशकी गरिमा मल्लले रजत, पुलिसकी सविना श्रेष्ठ र बागमती प्रदेशकी सोनु श्रेष्ठले कास्य पदक प्राप्त गरिन् ।
यसअघि पुरुष कुमुते ८४ केजी तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण, एपिएफ क्लबका तेन्जिङ शेर्पाले रजत तथा आर्मीका विपिनराज सिंह दर्जी र लुम्बिनी प्रदेशका नारायण गुरुङले कास्य पदक प्राप्त गरेका थिए । त्यसअघि पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । त्यसमा आर्मीका विभुषा थापा रजत तथा रोजिता ढुंगेल र बागमती प्रदेशकी महिमा राईले कास्य पदक प्राप्त गरे ।
त्यस्तै दिनको पहिलो खेलमा पुलिसका सन्जय मोक्तानले कुमुते पुरुष ५० केजीमा स्वर्ण पदक जितेका थिए । त्यसमा बागमतीका साइमन श्रेष्ठले रजत तथा प्रदेश १ का विशाल राई र आर्मीका विजय रिमालले कास्य पदक प्राप्त गरे ।
पहिलो दिनको विजेता खेलाडीलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद शंकर भण्डारीले शुक्रबार पुरस्कृत गरेका थिए । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगिता शनिबार सम्म चल्नेछ ।
हरेक इभेन्टको स्वर्ण पदक जित्ने खेलाडीले स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, सशस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पदक

महिला एकल काता
स्वर्ण – चन्चला दनुवार (नेपाल पुलिस क्लब)
रजत – एलिशा रासकोटी मगर (कर्णाली)
कास्य – मिरा खाती (बागमती), रोश्मा राई (प्रदेश १)

महिला टिम काता
स्वर्ण – पुलिस
रजत – त्रिभुवन आर्मी क्लब
कास्य – एपिएफ र बागमती

पुरुष एकल काता
स्वर्ण – सोनिम मानन्धर (एपिएफ क्लब )
रजत – महसुस मोक्तान (पुलिस)
कास्य – रेहान जाभेद (बागमती), विनय लिम्बु ( त्रिभुवन आर्मी क्लब)

पुरुष टिम काता
स्वर्ण – एपिएफ
रजत – पुलिस
कास्य – आर्मी र प्रदेश १

कुमुते महिला
४५ केजी तौल समूह
स्वर्ण – पुष्पका लामा (पुलिस)
रजत – ममता महर्जन (आर्मी)
कास्य – दीपा लामा (एपिएफ), प्रतिमा राई (प्रदेश १)

५० केजी तौल समूह
स्वर्ण – मिस्ली श्रेष्ठ (आर्मी)
रजत – गरिमा मल्ल (सुदूरपश्चिम)
कास्य – सविना श्रेष्ठ (पुलिस) र सोनु श्रेष्ठ (बागमती)

६१ केजी तौल समूह
स्वर्ण – सोनी राई (पुलिस)
रजत – रमिता माझी (एपिएफ)
कास्य – खुस्बु खड्का (मधेश) र सानुमाया थिङ (आर्मी)

६८ केजी माथिको तौल समूह
स्वर्ण – एरिका गुरुङ (पुलिस)
रजत – विभुषा थापा (आर्मी)
कास्य – महिमा राई (बागमती) र रोजिता ढुंगेल (एपिएफ)

कुमुते पुरुष
५० केजी तौल समूह
स्वर्ण – साजन मोक्तान (पुलिस)
रजत –  साइमन  श्रेष्ठ (बागमती)
कास्य – विशाल राई (प्रदेश १) र विजय रिमाल (आर्मी)

५५ केजी तौल समूह
स्वर्ण – सोनम लामा (पुलिस)
रजत – सुविन खत्री (एपिएफ)
कास्य – राम बिसी (सुदूरपश्चिम) र अंकित गुरुङ (गण्डकी)

६० केजी तौल समूह
स्वर्ण – मीनबहाुर तामाङ (एपिएफ)
रजत – किर्तन महर्जन (आर्मी)
कास्य – यामबहादुर समाल (लुम्बिनी) र सक्षम लामा (गण्डकी)

८४ केजी माथिको तौल समूह
स्वर्ण – विप्लवलाल श्रेष्ठ (पुलिस)
रजत – तेन्जिङ शेर्पा (एपिएफ)
कास्य – नारायण गुरङ (लुम्बिनी) र विपिनराज सिंह दर्जी (आर्मी)

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता