Logo

एक्सेल्सियर क्वाटरफाइनलमा



काठमाडौं, माघ २३ गते । आयोजक द एक्सेल्सियर स्कुल नवौं एक्सेल्सियर कपअन्तर्गत गल्र्स बास्केटबलमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पाठशाला नेपाललाई ९–३ ले पराजित ग¥यो । एक्सेल्सियरकी डोमा छिरिङ गुरुङले ७ स्कोर गरिन् ।

सिनियर गल्र्समै मोर्डन इन्डियन स्कुल (एमआईएस) र रातो बंगला पनि क्वाटरफाइनलमा पुगे । एमआईएसले क्लिनटनलाई १७–६ तथा रातो बंगलाले स्वर्णिमलाई १७–१० ले हराए । एमआईएसकी अन्समा तुलाचन तथा रातो बंगलाकी अन्शु उरावले समान ८–८ अंक जोडे ।

सिनियर ब्वाइज बास्केटबलमा पिपुल्स एकेडेमी, एमआईएस र नेपालयले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । पिपुल्सले स्वर्णिमलाई २४–२१, एमआईएसले एक्सेल्सियरलाई ४१–१८ र नेपालयले एलआरआईलाई ४३–१८ ले पाखा लगाए । पिपुल्सका राकेश भुजेलले १४, एमआईएस आयुश राईले १८ र नेपालयका विजेन थापा मगरले २२ अंक बटुले ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता