Logo

सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मीलाई



काठमाण्डौं,माघ १६ ।  प्रथम सरस्वती कप सिनियर-जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ । नेपाल वादोरियो कराते सरस्वती डोजोको आयोजनामा माघ १३ र १४ गते भएको प्रथम सरस्वती कपको सिनियर एण्ड जुनियर करातेको उपाधी सिनियरतर्फ इचङुनारायण डोजोले जितेको हो ।

कुल १४ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा इचङुले २ स्वर्ण २ रजत र ५ कास्य पदक जित्न सफल भयो । दोस्रो भएको च्याम्पियन मार्सल आर्ट एकेडेमीले २ स्वर्ण १ रजत र ३ कास्य हात पर्यो । तेस्रो भएको मनमैजु डोजोले २ स्वर्ण १ रजत र ३ कास्य जित्यो । आयोजक सरस्वती डोजोले भने १ स्वर्ण ५ रजत र ५ कास्यमा चित्त बुझायो ।

त्यस्तै जुनियर तर्फ भने ब्रहमाषस्मी स्कुल प्रथम भएको छ । ब्रहमास्मीले ६ स्वर्ण ६ रजत र ७ कास्य हात पार्दा ५ स्वर्ण २ रजत र १ कास्य पदक सहित पाँचपोखरी स्कुल टिम दोस्रो बन्यो । त्यसैगरी ३ स्वर्ण ५ रजत र ८ कास्य जितेको योङहार्ट स्कुल टिम तेस्रो बन्यो ।

दुई दिन चलेको प्रतियोगिताको उदघाट्न प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले गरेका थिए । विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, वडा अध्यक्ष नारायण सुवेदी, नेपाल कराते महासंघका महासचिव हरिशरण केसी लगाएतले वितरण गरेका थिए । प्रतियोगितामा विभिन्न जिल्लाबाट २५ वटा स्कुल- डोजोका ३५० खेलाडीले सहभागिता जनाएका थिए ।

सिनियर इभेन्ट्मा क्रमश : रू. २५ हजार १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक समेत रहेका सरस्वती डोजोका प्रमुख प्रशिक्षक पुरुषोत्तम पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता