तेह्रौ विश्व शारीरिक सुगठन खेलमा पदक विजेता खेलाडी तथा प्रशिक्षक नगद पुरस्कारद्धारा सम्मानित

काठ्माण्डौं,माघ १० । काठमाडौ स्थित डिभाईन फिजिकल फिटनेस सेन्टरको आठौ वार्षिक समारोहमा तेह्रो विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनशिपमा पदकधारी विजेता खेलाडीद्वय प्रज्वल मान शाक्य तथा श्वेता कपालीलाई डिभाइन फिजिकल फिटनेस सेन्टरकी संचालिका श्री सुनिता प्रधान तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस फेडेरेशन तथा दक्षिण एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फेडेरेशनका उपाध्यक्ष श्री दिनेश राजभण्डारीले जनही नगद रु २०,००० पुरस्कारले सम्मान गरिएको छ ।
साथै दुवैजना खेलाडीको विशेष प्रशिक्षकमा रहनुभएका श्री रुजेश शाहिलाई समेत नगद रु. १०,००० ले सम्मान गरिएको थियो । तेह्रौ विश्व शारीरिक सुगठन प्रतियोगिता गत मंसिर महिनाको २० देखि २५ गते सम्म थाइल्याण्डको फुकेटमा आयोजना भएको थियो । कार्यक्रममा उपाध्यक्ष दिनेश राजभण्डारीले राज्यले अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई विशेष सम्मान गर्नु पर्नेमा समेत जोड दिनुभयो ।