Logo

एथलेटिक्स टोली स्वदेश फर्कियो



काठमाडौं, माघ ८ गते । बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भइ नेपाली एथलेटिक्स टोली शनिबार स्वदेश फर्किएको छ ।  बंगलादेशको ढाकामा जनवरी २० तारिखमा भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । नेपालले १ स्वर्ण र २ कांस्य पदक जित्यो ।
दक्षिण एसियाली प्रतिस्पर्धामा पुष्पा भण्डारीले राष्ट्रिय कीर्तिमानसहित म्याराथनमा स्वर्ण जितिन् । पुष्पाले सन् २०२१ मा पनि स्वर्ण जितेकी थिइन् । सन् २०२२ मा भने पुष्पा कांस्यमा सीमित भएकी थिइन् । नेपालकै विन्द्राधन्के श्रेष्ठले सोही स्पर्धामा कांस्य हात पारिन् । गोपीचन्द्र पार्की हाफ म्याराथनमा कांस्य जिते ।
टोलीलाई नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट, एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ, ओलम्पियन प्रमिला रिजाललगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

उमा कुङफुको ग्रेडिङ
तार्केश्वर उमा कुङफु स्कुलका खेलाडीको ग्रेडिङ शनिबार सम्पन्न भएको छ । ग्रेडिङमा २५ खेलाडी सहभागी थिए ।
नेपाल उमा कुङफु संघका सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगर, तार्केश्वर उमा कुङफु स्कुलका मुख्य प्रशिक्षक रमेश महर्जन र सहायक प्रशिक्षक सञ्जयराज पुटुवारले ग्रेडिङ सञ्चालन गरेका थिए । तार्केश्वर उमा कुङफु स्कुलका अध्यक्ष शिव कुँवरको उपस्थितिमा ग्रेडिङ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता