Logo

मेस्सीले बनाए विश्वकपमा ठूलो कीर्तिमान,मेस्सी बन्ने विश्वको नम्बर एक खेलाडी



कतार, मङ्सिर २८ । अर्जेन्टिनाले ५ मिनेटभित्र क्राेएसियाविरुद्ध २ गाेल हानेकाे छ। दाेस्राे गाेल अल्भारेजले ३९ मिनेटमा गरेका छन्। यसअघि ३४ मिनेटमा मेसीले पेनाल्टीमार्फत गाेल गरेका थिए। पहिलो हालतमा अर्जेन्टिना २-० ले अघि रहेको छ।
लिओनल मेसीकाे पेनाल्टीकाे सहयाेगले ३४ मिनेटमा अर्जेन्टिनाले गाेलकाे अग्रता लिएकाे छ। अल्भारेजलाई डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा मेसीले गाेल गरेका हुन्। मेसी विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गाेल गर्ने खेलाडी बन्न पुगेका छन्। उनले बाटिस्टुटाकाे विश्वकपमा १० गाेल गर्ने कीर्तिमानलाई पछाडि छाेडेका छन्।

अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लियोनल मेस्सीले जर्मनीका लोथार मथाउसको विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान बराबर गरेका छन्। पाँचौ विश्वकप खेलिरहेका मेस्सीले कतार विश्वकप अन्तर्गत पहिलो सेमिफाइलनमा क्रोएशियाविरुद्ध यो सफलता प्राप्त गरेका हुन्। मेस्सीको विश्वकपमा यो २५ औँ खेल हो।

यसअघि विश्वकपमा जर्मनीका लोथार सर्वाधिक खेल खेल्ने एक्ला खेलाडी थिए। मेस्सीले अब तेस्रो स्थान वा फाइनल खेल खेले सर्वाधिक खेल खेल्ने पहिलो खेलाडी बन्नेछन्।
लगातार पाँच विश्वकप खेल्ने मेस्सी छैटौँ खेलाडी हुन्। यसअघि एन्थोनी पाँच वटा विश्वकप खेल्ने मेस्सी छैटौं खेलाडी हुन्। यसअघि एन्टोनियो कार्बजल, लोथर मथाउस, राफ मार्केज, एन्डेस गार्डाडो र क्रिस्टियानो रोनाल्डोले पाँच विश्वकप खेलेका छन्।पाँच विश्वकप खेलेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २२ खेल खेलेका छन्।

२०१८ मा पहिलो पटक विश्वकप फाइनल पुगेको क्रोएसिया यसपल्ट उपाधि उचाल्ने लक्ष्यमा छ । चार वर्षअघि पूरा हुन नपाएको सपना पूरा गर्नबाट उनीहरु यसपल्ट पनि दुई जित टाढा छन् ।

विश्वकपमा दुई देशबीच भएका खेलको विगत हेर्दा दुवै टोली उत्तिकै बलियो देखिएका छन् । अर्जेन्टिना र क्रोएसियाले यसअघि २ वटा विश्वकपमा प्रतिष्पर्धा गरेकोमा दुवै देश एक/एक खेलमा विजयी भएका छन् ।

नेदरल्याण्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउमा ४ – ३ ले पराजित गर्दै अर्जेन्टिना ८ वर्षपछि सेमिफाइनलमा पुगेको हो।पाँच पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा पुगेकाे थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता