Logo

जमुना र सरला फाइनलमा



काठमाडौं, मंसिर २३ गते । सिन्धुपाल्चोककी जमुना दनुवार र सर्लाहीकी सरला दनुवार तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला ५० केजीमुनि सेमिफाइनलमा जमुनाले सिन्धुपाल्चोककी सुस्मिता दनुवार तथा सरलाले काठमाडौंकी सन्ध्या राईलाई पराजित गरे । महिला ५० केजीमाथि सिन्धुपाल्चोककी उर्मिला दनुवार र सर्लाहीकी साँझ यादव फाइनलमा पुगे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ४५.५–५० केजीमा केन्द्रीय डोजाङका विजय थापा र काठमाडौंका प्रदीप बलामी मगर, ५०.५–५५ केजीमा काठमाडौंका मिलन राई र केन्द्रीयका सुनिल विष्ट तथा ५५.५–६० केजीमा केन्द्रीयका सुमन तामाङ र काठमाडौंका डिकेश श्रेष्ठले फाइनलमा स्थान सुरक्षित गरे ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनामा भइरहेको प्रतियोगिताको पुरुष ३५.५–४० केजीमा सर्लाहीका सुमित विक र सर्लाहीका कृष्ण पण्डित, ३०.५–३५ केजीमा केन्द्रीयका लोकेन्द्र तामाङ र सर्लाहीका जोनबहादुर लुङ्गेली तथा ४०.५–४५ केजीमा केन्द्रीयका नितेश श्रेष्ठ र सर्लाहीका नितेश कठायतले फाइनल यात्रा तय गरे ।

प्रतियोगिताको टोखा नगरपालिका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुषमा ६ र महिलामा २ गरी ८ स्पर्धामा ९० खेलाडीको सहभागिता रहेको आयोजक जित कुण्डोका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता