Logo

ग्रिनफिल्ड र गोल्डेनपिक क्वाटरफाइनलमा



काठमाडौं, मंसिर १३ गते । ग्रिनफिल्ड र गोल्डेनपिक १५ औं माछापुच्छ्रे  – भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ग्रिनफिल्डले टीआईएलाई ३४–२० ले पराजित ग¥यो । ग्रिनफिल्डका अर्जुन बस्नेतले २६ स्कोर गरे । गोल्डेनपिकले एनसीसीएसलाई २४–१६ ले हरायो । विजेताका सुशिल गिरीले ९ अंक जोडे ।

सिनियर गल्र्समा पृथ्वीले निस्टमाथि १८–१० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो । पृथ्वीकी बविता घिमिरेले ६ अंक बटुलिन् ।

सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले बीएमसीलाई ४२–२०, गोल्डेनपिकले भद्रकालीलाई ५२–२६ तथा सैनिकले मनासलुलाई ४१–१५ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । इबीएका आयुश राई र सौगात खत्रीले १३–१३, गोल्डेनपिकका विजय तामाङले ५ र सैनिकका कुशल पौडेलले १७ अंक जोडे । अन्य प्रतिस्पर्धामा हिमालयन किङडमले स्किब्सलाई ३३–३२ तथा युनिभर्सिटीले स्कोलर्स होम एकेडेमीलाई २५–१८ ले पन्छाए । हिमालयनका साङ्गु तामाङले २३ तथा युनिभर्सिटीका सुरज पास्वानले १२ अंक जोडे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता