Logo

नेपाललाई ७ स्वर्ण



काठमाण्डौ,कार्तिक २३ । भारतको गोवामा भएको एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले ७ स्वर्ण र ३ रजत जित्दै टिम उपविजेता बनेको छ ।
टोलीको सहभागिताको समन्वयकर्ता सुमन तिम्सिनाका अनुसार राज तामाङ र बृषा गुरुङले २–२ तथा सोनम बोहरा, लक्ष्मण तामाङ र सम्झना चौलागाईंले १–१ स्वर्ण जिते ।
दशरथ तामाङले २ तथा सुशान्त तामाङले १ रजत हात पारे । नोभेम्बर ५ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा भारत टिम च्याम्पियन बन्यो भने बंगलादेश तेश्रो भयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता