Logo

नवौं राष्ट्रिय खेलकुद : पुरुष ह्यान्डबलमा गण्डकीलाई स्वर्ण



काठमाडौं, असोज २९ गते । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकीले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको फाइनलमा गण्डकीले विभागीय आर्मीमाथि ४३–३६ ले पराजित गर्दै स्वर्ण जितेको हो ।

पुरुष ह्यान्डबलमा स्वर्ण जितेसँगै जारी नवौं राष्ट्रिय खेलकुदमै गण्डकीलाई पहिलो स्वर्ण मिलेको हो । ८ औं राष्ट्रिय खेलकुदमा पनि गण्डकीले स्वर्ण जितेको थियो ।

एपीएफले लुम्बिनीलाई ३५–१३ ले हराउँदै कास्य पदक जित्यो ।

महिला ह्यान्डबलमा आर्मी पहिलो भयो । आर्मीले एपीएफलाई १७–१६ ले हरायो । गण्डकी प्रदेशले प्रदेश–१ लाई २२–७ ले पाखा लगाउदै तेश्रो भयो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता