Logo

फेन्सिङ : आर्मी टिम च्याम्पियन



पोखरा, असोज २८ गते ।नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा नेपाल आर्मी शुक्रबार टिम च्याम्पियन बनेको छ । समान ५–५ स्वर्ण, रजत र कांस्यसाथ आर्मी टिम च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ कांस्यसाथ एपीएफ तेश्रो भए ।
सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ कांस्य, गण्डकीले ४ कांस्य तथा प्रदेश १ ले ३ कांस्य प्राप्त गरे । प्रतियोगितामा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

अन्तिम दिन शुक्रबार सिनियर पुरुष टिम इपीमा नेपाल आर्मी पहिलो भयो । आर्मीबाट राजेश चौधरी, मिन कार्की, सुरज सिंह र राम थापाले प्रतिस्पर्धा गरेका थिए ।

पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा एपीएफका जंग गिरी, सुकिराम तामाङ र सागर थापा दोश्रो भए । बागमतीका भीष्मराज दाहाल, राहुल दर्शन, गगन राई र ओमकार सिंह तथा गण्डकीका विजय अधिकारी, प्रशान्त गुरुङ, नवराज कार्की र सुनिल थापा तेश्रो भए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता