Logo

उज्ज्वल तारा दौड’का विजेतालाई पोखराको होटलमा खाने बस्ने पुरस्कार



काठमाडौं, असोज ६ । उज्ज्वल तारा स्कुल काँडाघारीले विगत ६ वर्षदेखि सञ्चालन गर्दै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ दौड’का विजयीहरुलाई यसपालि नगदको साथै पोखराको पाँच तारे होटेलमा खानेबस्ने सुविधासहितको पुरस्कार दिने घोषणा गरेको छ ।

हरेक वर्ष वडादशैंको घटस्थापना अघिको शनिबार आयोजना गरिदैं आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ दौड’ कागेश्वरी मनोहरा नगरपालिका ९ मा रहेको सो स्कुलबाट शुरु भई ५ किलोमिटर दौड हुँदै आएको छ । ७ वटा विधा रहेको यो वर्षको दौड यही असोज ८ गते शनिबार विहान सञ्चालन हुँदैछ ।

‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ दौड’का कार्यक्रम संयोजक नेपाली सेनाका महासेनानी ९कर्णेल०विष्णु कार्कीका अनुसार १८ वर्ष उमेरमाथि समूहको महिला र पुरुष खुल्ला विधातर्फका विजयीहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदको साथै ट्रफि, पदक र प्रमाणपत्र पुरस्कार दिइनेछ ।

यसैगरि अभिभावक विधातर्फको दौडका विजयी महिला तथा पुरुषलाई पोखराको क्राउन हिमालय होटेलमा २ रात खानेबस्ने सुविधासहितको पुरस्कार व्यवस्था गरिएको छ भने श्रीमान र श्रीमती विधातर्फ दौडमा विजयी हुनेलाई पोखराको पाँचतारे ग्राण्डी होटलमा एकरात खानेबस्नेको साथै दुवैजनालाई आउन जाने दुईतर्फि हवाई टिकटको व्यवस्था गरिएको संयोजक कार्कीले बताए ।

यसैगरि ५५ वर्षमाथिको उमेर समूहका विजयी पुरुष धावक ९२ जना लाई पोखराकै ग्राण्डी होटेलमा एकरात बस्नेखाने व्यवस्था तथा विजयी महिला धावक ९२ जना० लाई पोखराकै सहारा होटेलमा २ रात खानेबस्ने सुविधासहितको पुरस्कार व्यवस्था गरिएको छ ।

दौडको तयारीबारे बुधबार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा दौडका संयोजक कार्कीले दौडमा सहभागी, सुरक्षा र दौडका सहभागीहरुलाई उपलव्ध गराइने सामग्रीका बारेमा जानकारी गराएका थिए ।

दौडमा सहभागी हुने सबै प्रतियोगिहरुले सहभागिता वापतको जनही तीनसय रुपैयाँ उज्जवल तारा स्कुलको खातामा जम्मा गर्नुपर्ने व्यवस्था मिलाइएकोसंयोजक कार्कीले जानकारी गराए । उनका अनुसार दौडमा सहभागी हुन हालसम्म २०० जनाले आफ्नो नाम लेखाईसकेका छन् ।

सहभागिता शुल्क वापत उठेको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा।भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक वाल मुटुरोग अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम संयोजक कार्कीले बताए ।

विद्यालयमा बुधबार आयोजना गरिएको कार्यक्रममा प्रहरी प्रभाग काँडाघारीका प्रहरी अधिकारी, दौडका प्रायोजकहरु, ट्राफिक प्रहरीका साथै दौडमा खटिने स्वयम्सेवकहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता