Logo

भ्याली पब्लिकको दोहोरो जित



काठमाडौं, भदौ १४ । भ्याली पब्लिकले चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ । भ्याली पब्लिकले सिनियर ब्वाइज/गल्र्स दुवैमा दोहोरो जित आत्मासात् गरेको हो ।
धापासीस्थित आयोजक काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) को कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा भ्याली पब्लिकले एसएस एकेडेमीलाई ४७–१३ ले पराजित ग¥यो । भ्याली पब्लिकको सहज जितमा अनमोल गुरुङले १८ अंक योगदान गरे ।
सिनियर गल्र्समा एन्जल गुप्ताको ४ अंक सहयोगमा भ्याली पब्लिकले तिरुपतिलाई १२–९ ले हरायो । सोही स्पर्धामा ग्रिनल्यान्डले काठमाडौं ग्लोबललाई १७–४ ले पन्छायो । ग्रिनल्यान्डकी युनिशा आलेले १० स्कोर गरिन् ।
सिनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा किङडमले काठमाडौं ग्लोबललाई ३९–१३ तथा तिरुपतिले फ्लोरोसेन्टलाई २१–१५ ले पन्छाए । किङडमका साङबु लामाले १८ स्कोर गरे ।
प्रतियोगिताको केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरिन् । भदौ २२ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १२ टिम सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता