Logo

नवौं राष्ट्रिय खेलकुद २०७९ को सुरक्षा सम्बन्धमा छलफल



काठमाण्डौं,भदौ ४ । नवौं राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्था सम्बन्धमा पोखरामा छलफल भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सुरक्षा समिति पदाधिकरीहरु संग जानकारी लिनुभएको हो । सुरक्षा उपसमिति संयोजक रामदत्त जोशीले प्रतियोगितामा सुरक्षा प्रवन्ध बारे जानकारी गराउनु भयो ।

गण्डकी प्रदेशका बिभिन्न जिल्लामा हुने राष्ट्रिय खेलकुदको सुरक्षा व्यवस्थाका लागि गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी जोशीको संयोजकत्वमा बिभिन्न सुरक्षा निकायका प्रमुख, प्रतिनिधि, महानगर प्रहरी प्रमुख समेत सदस्य रहने गरी उपसमिति गठन भएको छ ।

सुरक्षा उपसमितिलाई खेल स्थल, खेलाडी, खेलाडी आवास क्षेत्र, अतिथि लगायतको सुरक्षाका लागि योजना बनाएर काम गर्न सदस्य–सचिव घिसिङले आग्रह गर्नुभयो । छलफलमा कार्यकारी समितिका सदस्य–सचिव फणिन्द्र पौड्याल, गण्डकी प्रदेश खेलकुदका सदस्य–सचिव तेजबहादुर गुरुङ, खेलकुद विकास बिभाग प्रमुख प्रेमबहादुर मल्ल, सुरक्षा उपसमिति सचिव लक्ष्मण योगीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता