Logo

बौद्ध इन्टरनेसनल सेमिफाइनलमा



काठमाण्डौ,भदौ १ । आयोजक बौद्ध इन्टरनेसनल स्कुल पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
अत्तरखेलस्थित घरेलु कोर्टमा बौद्धले मेरिडियन इन्टरनेसनल स्कुललाई २५–१४ ले पराजित ग¥यो । विजेताकी सब्रिना पन्तले १५ अंक जोडिन् ।
गल्र्समै निस्ट, चाँदबाग र डाफोडिलले पनि सेमिफाइनल यात्रा तय गरे । निस्टले निसर्ग वाटिकालाई ३२–१३ ले हरायो । निस्टकी पुर्णिमा बरालले १० अंक जोडिन् । चाँदबागले भेनसलाई २४–११ ले पाखा लगायो । चाँदबागकी अन्सु गुरुङले ८ स्कोर गरिन् । डाफोडिलले विद्यासंस्कारमाथि ३५–३४ को कठिन जित दर्ता ग¥यो । डाफोडिलकी उर्जा मगरले १४ अंक जोडिन् ।
सेमिफाइनलमा निस्टले बौद्ध तथा चाँदबागले डाफोडिल विरुद्ध प्रतिस्पर्धा गर्ने छन् । ब्वाइजको सेमिफाइनल नेमोनिक र युरो तथा प्रिमियर र बुद्ध एकेडेमीबीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता