Logo

आईपीएल  : हैदरावादमाथि दिल्लीको जित, रोचक बन्यो प्लेअफ दौड



 

एजेन्सी । सनराईजर्स हैदरावादलाई २१ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल)  टी(२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले पाँचौ जित निकालेको छ । बिहीबार राति दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो ।

हैदरावादका निकोलस पुरनले सर्वाधिक ६२ रन बनाए । यस्तै एडिन मार्रक्रमले ४२ रनको योगदान गरे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २०७ रनको बलियो योगफल तयार पारेको थियो ।

दिल्लीका डेभिड वार्नरले सर्वाधिक ९२ रन बनाए । यस्तै रोभम्यान पावेलले ६७ रनको योगदान गरे । जितसँगै १० खेलबाट १० अंक जोडेको दिल्ली पाचौ स्थानमा छ । हैदरावाद १० खेलमा १० अंक जोडेर छैटौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता