Logo

नेपालले जिम्बाबे ‘ए’ लाई दियो १८२ रनको लक्ष्य



 

काठमाडौं, १८ वैशाख । जिम्बाबे ‘ए’ विरुद्धको टी( २० शृंखलाको पहिलो खेलमा नेपालले १८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रनको योगफल तयार गर्‍यो । नेपालका लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले २७ रनको साझेदारी गर्दै मध्यम सुरुआत दिलाएका थिए ।

नेपालका कुशलले ४६ रन बनाए । आदिल आलमले अविजित ४७ रनको योगदान गरे । रोहितकुमार पौडेलले ३६ रन बनाए ।

जिम्बाब्वेका लागि ब्राड इभान्स, लुक जोङ्ग्वे, ब्रान्डोन माभुता र जोन मसाराले एक(एक विकेट लिए। नेपाल भ्रमणमा रहेको जिम्बाबेले तीन टी(२० र तीन एकदिवसीय खेल खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता