Logo

जिम्बाबेसँग खेल्न नेपाली क्रिकेट टोली घोषणा, को को परे  ?



 

काठमाडौं । जिम्बाबे ‘ए’ विरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । शुक्रबार मुख्य प्रशिक्षक पुबुदु दासानायकेले एकदिवसीय शृंखलाको लागि नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले नै सम्हाल्ने घोषणा गरेका छन् । नेपाली टिममा किशोर महतोले ‘डेब्यु’ गर्दा विकेटकिपर ब्याटर विनोद भण्डारी, सुनिल धमला र सुसन भारीले टोलीमा पुनरागमन गरेका छन् ।

नेपालले घरेलु मैदानमा १७ वैशाखदेखि जिम्बाबे ‘ए’ विरुद्ध तीन एकदिवसीय र तीन टी(२० क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा शृंखला खेल्न लागेको हो ।

नेपाली टोली
सन्दीप लामिछाने (कप्तान) , आशिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, सागर ढकाल, किशोर महतो, सुनिल धमला, सुसन भारी र अदिल अन्सारी

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता