Logo

किन पन्जाबसँग सोचेजस्तो खेल्न सकेनन् धोनीले  ? धोनीले कमाल नगरेपछि चेन्नई पन्जाबसँग पराजित



काठमाडौं । चेन्नई सुपर किङ्सलाई ११ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल)  टी(२० क्रिकेट प्रतियोगितामा पन्जाब किङ्सले चौथो जित निकालेको छ ।मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन बनाउन सक्यो ।
चेन्नईका अम्बाती रायडुले सर्वाधिक ७८ रन बनाए । रुतुराज गायकवाडले ३० रनको योगदान गरे ।पन्जाबका कागिसो रबडा र ऋषि धवनले २(२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल तयार पारेको थियो ।
पन्जाबका शिखर धवनले अविजित ८८ रन बनाए । यस्तै भानुका राजपाक्षेले ४२ रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए ।
प्रतियोगितामा पन्जाबले ८ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा छ । छैटौं हार बेहोरेको चेन्नई ८ खेलबाट ४ अंक जोडेर नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता