Logo

जिम्बाबेसँग खेल्न नेपाली राष्ट्रिय टिमको घोषणा, को को परे  ?



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)  ले जिम्बाबे वि रु द्ध हुने एक दिवसीय र टी(२० खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टिम घोषणा शुक्रबार बिहान गरेको हो । नेपाली टिममा विनोद भण्डारी र सुनिल धमलाले पुनरागमन गरेका छन् ।

क्यानले २३ खेलाडीबाट खेलको दिनमात्रै सुरुवाती ११ छनोट हुने बताएको छ । नेपालले जिम्बावे ‘ए’ सँग तीन ५० ओभरको र तीन टी(२० खेल खेल्नेछ । ५० ओभरको सिरिज १७(२१ वैशाखसम्म चल्ने छ । टी(२० सिरिज २३(२६ वैशाखसम्म हुनेछ ।

नेपाली टिम :
सन्दीप लामिछानेको (कप्तान) , दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमला ।

जिम्बावे ‘ए’ टिम :
जोङ्वे लुक, काइआ इनोसेन्ट, काइआ रोए, मारूमानी ताडिवानाशे, माभुता ब्रेन्डन, मुनयोङ्गा टोनी, मुतोम्बाड्जी तिनोटेन्डा, एनयाउची भिक्टर, काम्पबेल जोनाथन, इभान्स ब्राडली, जिवान्डु ट्रेभर, मडन्डे क्लिभ, मासारा जोन, माउन्जे कुडजाइ र तीसिगा ताफाड्वा ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता