Logo

११ वर्ष पछि नेपालको त्यो जित, विमल घर्तीको गोलमा मोरिससमाथि नेपालको जित



काठमाडौ । फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा स्वर्णिम कमब्याक गरेपछि नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले हराएको छ । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ११ वर्षपछि जित निकालेको हो।

शनिबार दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गर्दै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ११ वर्ष पछि जित निकालेको हो । सन् २०११ मा भुटानलाई पराजित गरेपछि नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितविहीन थियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विमलले निर्णायक गोल गरे ।

एक वर्षपछि राष्ट्रिय टोलीबाट मैदान उत्रिएका विमलले ५४औं मिनेटमा गरेको गोलले नेपाललाई जिताएको हो । अञ्जन विष्टले मैदानको मध्यभागबाट उपलब्ध गराएको बलमा विमलले १८ यार्ड बक्सबाट गरेको प्र हा र बारमा लाग्दै जाली चुमेको थियो । विमलको यो नवौं अन्तर्राष्ट्रिय गोल हो ।

गत माघमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका दौरान घुँडामा ग म्भी र चो ट लागेपछि विमल मैदानबाट बाहिर थिए । विमल पछिल्लो पटक राष्ट्रिय टोलीबाट २०७६ असोजमा विश्वकप छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलमा मैदान उत्रिएका थिए ।

१३ औं मिनेटमा सुमन लामाको प्र हा र बाहिरिँदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । विमलले गोल गरेपछि नेपालले अग्रता दोब्बर बनाउन गरेको प्रयासमा कहिले क्रसबार त कहिले पोल बाधक बन्यो। २६ औं मिनेटमा विमल घर्तीमगरको फितलो प्र हा र मोरिससका कप्तान तथा गोलकिपर केभिन जेन लुइसले सहजै नियन्त्रणमा लिएका थिए ।

३५ औं मिनेटमा मोरिससका मिडफिल्डर एड्रियन फ्रान्कोइसको प्र हा र नेपालका गोलकिपर किरण कुमार लिम्बुले बचाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा अन्जनले गोलको सुनौलो मौका खेर फाले । बक्सको देब्रेभागबाट गरेको प्र हा र सेकेन्ड बारको नजिकैबाट बाहिरियो ।

४६ औं मिनेटमा मोरिससका फर्नान्डो ज्याक्सनको भली प्र हा र पोस्टमा लागेर फर्कियो उक्त रिबाउन्ड बललाई नेपालका गौतम श्रेष्ठले क्लियर गरिदिए । ७५ औं मिनेटमा जगजित श्रेष्ठले दायाँ कर्नरबाट प्र हा र गरेको फ्रिकिकमा अञ्जन विष्टले गरेको फ्लिक हेड माथिल्लो बारमा लागेर फर्कियो ।

७७ औं मिनेटमा अन्जनले १८ यार्ड बक्सबाट गरेको प्र हा र फेरी बारमा लागेर फर्कियो । रिबाउन्ड बललाई जगजित श्रेष्ठले हेडमार्फत पोस्टका दिशा दिन खोजे पनि मोरिससका गोलकिपर केभिन जेन लुइसले उत्कृष्ट बचाउ गरे ।

जगजित चार वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । सन् २०१७ मा अस्ट्रेलिया लागेको जगजित ‘ए’ डिभिजन लिग खेल्ने नेपाल आएका थिए । उनी त्रिभुवन आर्मी फुटबल क्लबबाट लिग खेलिरहेका छन् ।

नेपालबाट सुदीप गुरुङ र आकाश बुडामगरले डेब्यु गरे । सुदीप सुरजजिउ ठकुरीको स्थानमा र आकाश तेज तामाङको स्थानमा मैदान प्रवेश गरे । दुवै जारी सातदोबाटो यूथ क्लबका खेलाडी हुन् । नेपालले मोरिससविरुद्ध मंगलबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता