Logo

नेपालले उचाल्यो उपाधी, दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन च्याम्पियन बन्यो



 

काठमाडौ । नेपाली महिला फुटबल टोलीले दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्जको उपाधि जितेको छ । ढाका उज्वेकिस्तानलाई ३९२ को सेटमा हराउँदै नेपाल दोस्रो पटक च्याम्पियन बनेको हो ।

नेपाल र उज्वेकिस्तानबीचको फाइनल रोमाञ्चक भएको थियो । पहिलो सेट नेपालले २६–२४ ले जित्यो । त्यसपछि उज्वेकिस्तान खेलमा फर्कियो । यससँगै उसले २६–२४ ले दोस्रो सेट जित्दै खेल १–१ को अवस्थामा ल्यायो ।

यसपछि नेपालले पुनः आफ्नो रवाफ देखायो । तेस्रो सेट २५–१५ को भारी अन्तरले जित्न सफल भयो । चौथो सेट जितेको भए नेपालले सिधै उपाधि जित्ने थियो । तर, उज्वेकिस्तानले यस्तो हुन दिएन । सो सेट २५–२२ ले जित्दै उज्वेकिस्तानले खेल फेरि २–२ को बराबरीकोे स्थितिमा पुर्यायो ।

तर, निर्णायक अन्तिम सेट १५–१० को रोमाञ्चक जित निकाल्दै जित्दै नेपालले उपाधिमाथि कब्जा जमायो । खेलमा नेपालले दुईपटक अगत लिएको थियो । उज्वेकिस्तानले दुवैपटक बराबरी ल्यायो । तर, अन्तिम सेटमा पुनः नेपालले आफ्नो वर्चश्व कायम राख्न सक्यो ।

दुई वर्षअघि पनि नेपालले प्रतियोगिताको उपाधि जितेको थियो । नेपालले त्यतिबेला फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता