Logo

नेपाली क्रिकेटमा तरंग, ज्ञानेन्द्र(दीपेन्द्रलाई हटाइयो, सन्दिप लामिछाने नयाँ कप्तान



 

नेपाली क्रिकेटमा बुधबार तरंग आएको छ । नयाँ कप्तान ल्याइएको छ भने पुराना कप्तान र उपकप्तानलाई हटाइएको छ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएपछि नेपाली क्रिकेट समर्थकबाट मिश्रित प्रतिक्रिया आइरहेका छन् ।

टोलीका नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै पदमुक्त सहित सेन्ट्रल कनट्याक्टमा सुरुको ६ महिना सहभागिता नगराउने क्यानको बुधबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो ।

यस्तै क्यानले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण २१ डिसेम्बरबाट पोखरामा गर्ने भएको छ । सङ्घले नेपाल प्रशिक्षक सङ्घलाई मान्यता प्रदान गर्ने निर्णय गरेको छ भने पूर्व उपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता