साफमा इतिहास रचेर नेपाल फर्कियो नेपाली टोली, मुख्य प्रशिक्षक अलमुताईरी भने यसो भन्दै नेपाल आएनन्

काठमाडौ । १ कार्तिक २०७८, सोमबार साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा इतिहास रचेको नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली टिमले पहिलोपटक फाइनल खेलेको हो । स्वदेशी भूमीमा नेपाली खेलाडीको भब्य स्वागत गरिएको छ । साफ च्याम्पियन नेपाली टोली फाइनलमा पुगेर इतिहास रचेको हो । नेपाली राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्किएको छ।
टोली सोमवा बिहान हवाईजहाजबाट त्रिभुवन विमानस्थलमा ओर्लेको हो। साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। तर फाइनलमा भारतसँग ३–० ले पराजित भएर उपविजेता बनेको हो ।
साफ च्याम्पियनसिपका लागि नेपाली टोली गत भदौ २५ गते कतार गएको थियो। कतारमा मैत्रीपूर्ण खेल र अभ्यासपछि टोली असोज ११ गते मालदिभ्स पुगेको थियो। साफ च्याम्पियनसिपमा नेपालले पहिलोपटक लगातार दुई खेल जितेको थियो।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो। तेस्रो खेलमा भने भारतसँगै १–० ले हारेको नेपाली टोलीले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै पहिलोपटक साफको फाइनलमा पुगेको थियो।
अहिले स्वदेश फर्किएको फुटबल टोलीमा मुख्य प्रशिक्षक अब्ब्दुल्लाह अलमुताइरी र रोहित चन्द भने छैनन्। मुख्य प्रशिक्षक अलमुताईरीले बगंलादेशसँगको खेलपछि नै नेपाल नर्फिकने भन्दै राजीनामा दिएका थिए भने इन्डोनेसियामा व्यावसायिक लिग खेलिरहेका रोहित उतैबाट जकार्ता गएका हुन्। तर साफको फाइनलपछि अलमुताईरीले आफूलाई केही समयको विश्राम चाहिएको भन्दै पछि मात्रै यस विषयमा निर्णय लिने बताएका छन्।