Logo

भारतीय पूर्व क्रिकेटर युवराज सिंह पक्राउ



एजेन्सी । भारतीय पूर्व क्रिकेटर युवराज सिंह पक्राउ परेका छन् । उनलाई भारतको हरियाणा प्रहरीले पक्राउ गरेको हो । स्पिनर यजुवेन्द्र चहलको विषयमा जातीगत टिप्पणी गरेका कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनलाई सोही घटनाबारे सोधपुछको लागि पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। समाचारमा उल्लेख गरिएअनुसार आइतबार सिंहलाई पक्राउ गरेपछि तीन घण्टाभन्दा लामो समय सोधपुछ गरिएको थियो। सोधपुछ सकिएपछि उनलाई अदालतको आदेशअनुसार जमानतमा रि हा गरिएको हो।

गत फेब्रुअरीमा युवराज सिंहमाथि इन्स्टाग्राममा चाहलको विषयमा भएको बहसमा दलित समुदायमाथि अपमानपूर्ण टीप्पणी गरेको भन्दै उजुरी दर्ता भएको थियो। सन् २०२० को जुनमा भारतीय टोलीका ओपनर रोहित शर्मासँग सिंहले इन्स्टाग्रामको लाइभ सेसनमा ‘जातीगत टिप्पणी’ गरेको आ रो प छ।

त्यसलगत्तै युवराज सिंहले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो टिप्पणीले कुनै विशेष समुदायका मानिसको भावनामा चो ट पुगेको भन्दै माफी पनि मागेका थिए।

उनले भनेका छन्, ‘म मेरा साथीहरुसँग कुरा गरिरहँदा मेरो केही गलत बुझाइ थियो भन्ने मलाई थाहा छ, जुन अनावश्यक थियो। यद्यपि एक जिम्मेवार भारतीय नागरिक भएकाले मेरो टिप्पणीले कसैको भावनामा ठेस पुगेको भए म त्यसका लागि क्षमाप्रार्थी छु।’ युवराज सिंहले यजुवेन्द्र चहलले टिकटक भिडियोको विषयमा कुरा गर्दै गर्दा उक्त टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता