Logo

सन्दीप लामिछानेले गरे चमत्कार १ एकै ओभरमा २ विकेट, अमेरिका दवावमा



काठमाडौ । स्टार लेगस्पीनर सन्दीप लामिछानेले आइसीसी विश्वकपमा चमत्कार देखाएका छन् । उनले एकै ओभरमा २ विकेट लिए पछि प्रतिस्पर्धी अमेरिका दवावमा परेको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा उनले एकै ओभरमा २ विकेट लिएका हुन् ।

नेपालले दिएको १७५ रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले आ क्रा मक सुरुआत गरेसँगै सन्दीप इनिङको तेस्रो ओभरमा बलिङ गर्न आएका हुन्। उनले इनिङको पाँचौ ओभरमा २ विकेट लिए ।

पाँचौ ओभरमा पहिलो बलमा सन्दीपले अमेरिकाका सुशान्त मोदानीलाई एलबीडब्लु धरापमा पारे । सोही ओभरको पाँचौं बलमा उनले करिमा गोरेलाई उनले बोल्ड गरे । सो ओभरमा उनले कुनै रन नदिइ मेडन समेत राखे ।

अहिलेसम्म अमेरिकाले ५ ओभरमा २ विकेट गुमाएर २२ रन बनाएको छ । उसका लागि ओपनर स्टिभन टेलरले १७ बलमा १९ रन बनाएर खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता