Logo

एभर्टन एफ ए कप फुटबलको क्वाटरफाइनलमा



एजेन्सी । एभर्टन एफ ए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
टोटनह्याम हट्सपरलाई ५–४ ले पराजित गर्दै एभर्टनले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

बुधबार राति आफ्नै मैदानमा भएको खेलमा एभर्टनका लागि बर्नार्डले अतिरिक्त समयमा निर्णयक गोल गरे ।
निर्धारित ९० मिनेटको खेलमा ४–४ गोलको बराबरी भएपछि खेल अतरिरक्त समयमा धकेलिएको थियो ।

एभर्टनका रिचार्लीसनले २ गोल गर्दा डोमिनिक काल्भर्ट लेविन र जिल्फी सिगुर्डसनले एकएक गोल गरेका थिए ।
यसैगरी टोटनह्यामका लागि डेभिन्सन सान्चेजले दुई गोल गर्दा ह्यारी केन र एरिक लामेलाले एक एक गोल थपे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता