Logo

अन्तर विद्यालय टेबलटेनिस आज देखि 



काठमाण्डौं, भदौ १५ ।  प्रोग्रेसिभ एजुकेसनल फोरम (पीइएफ) को आयोजनामा अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता शुक्रबार हुने भएको छ ।
सेन्ट लरेन्स स्कुलको प्रायोजनमा हुने प्रतियोगितामा ब्वाइज/गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुने रेफ्री संयोजक नवीन सिंहले जनाएका छन् ।

विभिन्न १० विद्यालयबाट ब्वाइज/ गल्र्समा समान १०–१० खेलाडीको सहभागिता रहने सेन्ट लरेन्सका प्रिन्सिपल पुरुषोत्तम महर्जनले जानकारी गराए ।

ब्वाइज/गल्र्समा सहभागी खेलाडीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ खेलाडी सेमिफाइनलमा प्रवेश गर्ने छन् । एकदिने प्रतियोगिताका खेलहरु चावहिलस्थित सेन्ट लरेन्समा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता