Logo

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै



काठमाडौं, भदौ ३। नेकपा (एकीकृत समाजवादी) ले आजदेखि पोलिटब्यूरो बैठक बोलाएको छ। शनिबार बसेको सचिवालय बैठकले आजदेखि पोलिटब्यूरो बोलाउने औपचारिक निर्णय गरेको हो।

यस्तै, मङ्गलबारदेखि केन्द्रीय कमिटीको बैठकपनि डाकेको छ। पोलिटब्यूरो बैठक ४ गतेसम्म चल्नेछभने केन्द्रीय समिति बैठक ७ गतेसम्म चल्नेछ।

आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुने छ ।

महासचिव घनश्याम भुसालल बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने जनाईएको छ ।

बैठकमा सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा, पछिल्लो समयमा विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको विश्लेषण, आसन्न केन्द्रीय कमिटी बैठक र पार्टीको महाधिवेशनको निर्णय गर्ने विषयमा छलफल हुनेछ । समाजवादी अर्थ व्यवस्था कार्यान्वयनमा देखिएका चुनौती कार्यान्वयनका लागि शीर्षनेतालाई बैठकले जिम्मेवारी प्रदान समेत गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता