एनआरएनएको सिईओमा राजेन्द्र कुमार साउत नियुक्त
काठमाडौं, १२ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेन्द्र कुमार राउत नियुक्त भएका छन् । यसअघि गत महिना सिइओ रविकिरण अधिकारीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा राउत नियुक्त भएका हुन् ।
विभिन्न सरकारी तथा गैरसरकारी संघ तथा संस्थाको अनुभव बटुलेका नवनियुक्त सिइओ राउतले सन् २०१९ को अन्त्यबाट महामारीको रुपमा विश्वभर फैलिएको कोरोना महामारीको बेला गैरआवासीय नेपाली संघले अन्तर्राष्ट्रिय श्रम संगठनसँगको सहकार्यमा गरेको कोभिड–१९ प्रतिकार्य परियोजनाको व्यवस्थापकको रुपमा कुशल नेतृत्व समेत गरेका थिए। नवनियुक्त सिइओ राउतले आगामी भाद्र १ गते बाट कार्यभार सम्हाल्ने जनाईएको छ ।