Logo

डा. बैकुण्ठ अर्याल बने नेपाल सरकारको मुख्यसचिव



काठमाण्डौं,जेठ ३२ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा डा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै छ । त्यस अगाडि नै उनलाई मुख्य सचिव नियुक्त गरिएको स्रोतले जानकारी दिएको छ ।

हालका मुख्य सचिव रहेका वैरागीको कार्यकाल भने आगामी असोज मसान्तसम्म रहेको भएपनि उनले सरकारकै चाहनामा राजीनामा दिएको बुझिएको छ । यस्तोमा सरकारले मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले मुख्यसचिव वैरागीले दिएको राजीनामा स्वीकृत गरेको हो ।

सरकारले वैरागीलाई नयाँ जिम्मेवारी समेत प्रदान गरेको छ । उनलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता