सांसद् विकास कोष ब्युतियो, ५ करोड रूपैयाँ खर्च गर्न पाउने
काठमाडौं, १६ जेठ । सांसद् विकास कोष सरकारले फेरि ब्युत्याएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सांसद् विकास कोष शीर्षकमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।
सो का लागि ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका हुन्।