Logo

उमा कुङफुको ग्रेडिङ



जेठ १४ गते । तार्केश्वर उमा कुङफु स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । ग्रेडिङमा ४० खेलाडीको सहभागिता रहेको तार्केश्वर उमा कुङफु स्कुलका प्रमुख प्रशिक्षक रमेश महर्जनले जनाएका छन् ।

सहभागी मध्ये ८ जनाले ब्ल्याकवेल्ट प्राप्त गरे । साइना महर्जन, सिम्रिका कुँवर, साइमन महर्जन, दर्शना तामाङ, पुष्पा सापकोटा, सोनिया घले, मिङमा तामाङ र एलिना तामाङ ब्ल्याक वेल्ट प्राप्त गर्न सफल भए । सहभागीलाई नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राईले ग्रेडिङ सञ्चालन गरेका थिए ।

ग्रेडिङको तार्केश्वर नगरपालिकाका मेयर हरिकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, तार्केश्वर उमा कुङफु स्कुलका अध्यक्ष शिव कुँवर, नेपाल उमा कुङफु संघका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलगायतले एकदिने ग्रेडिङका सहभागीलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
सो अवसरमा अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफुका खेलाडी कमल मगरलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता