Logo

अस्पतालबाट डिस्चार्ज भएर आजै स्वदेश फर्किदै राष्ट्रपति पौडेल



काठमाडौं, वैशाख १७। राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन्। भारतको अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत राष्ट्रपति पौडेले आज डिस्चार्ज भए लगत्तै स्वदेश फर्किन लागेका हुन् । राष्ट्रपति पौडेल आज बेलुकी ८:३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट आज स्वदेश फर्कने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनी स्वास्थ्यमा पूर्ण सुधार भएपछि स्वदेश फर्किन लागेका हुन् ।

राष्ट्रपति पौडेलको छातीमा पानी जम्ने समस्या देखिएको र त्यसको उपचार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा हुँदै आएको थियो। राष्ट्रपति पौडेललाई वैशाख ६ गते उपचारका लागि भारत लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता