Logo

ग्राहक झुक्याउने डिटोल साबुनका कम्पनीलाई कारवाही गर्ने निकाय खोई ?



काठमाण्डौं,बैशाख ६ । पछील्लो समय बजार अनुगमनमा कडाइ नहुँदा खाद्यबस्तुमा ब्यापारीको मनोमानी चलेको छ । होलसेल पसलका नाममा काठमाण्डौंका गल्ली गल्लीमा खुलेका खुद्रा पसलको अनुगमन गर्ने निकाय नहुँदा खाद्य बस्तुको मुल्यको दररेट नै फरक पाइएको छ । यती मात्र होइन बिभिन्न ब्राण्डका कम्पनीहरुले पनि ठगी धन्दा गरेको भेटिएको छ ।

यस्तै ठगी गर्ने चर्चित ब्राण्डको नाम हो डिटोल साबुन । उक्त ब्राण्डको खोलमा ३ वटा किन्दा १ वटा साबुन फ्री लेखिएको भएतापनि बजारमा ४ वटै साबुनको मुल्यमा बिक्रीबितरण गरेको भेटिएको छ । ग्राहकले एकमुस्ट किन्दा पनि फुटकरमा नै किन्नु पर्ने मोल कसरी फ्रि भयो भनी पसले सँग गुनासो गर्दा एक ब्यापारीले भने “यहाँ खोलमा लेखिएपनि तपाईंले सोही अनुसार पाउनु हुन्न ।” भने यसको मतलब खोल केवल ग्राहकलाई झुक्याउन लेखिएको रहेछ भन्ने स्पस्ट बुझियो । यस्ता प्रकारका बिज्ञापन गरी ग्राहक झुक्याउन पल्केका ठुला ब्राण्ड र आफुखुशी मनोमानी तवरले मुल्य तोक्ने पसलेको अनुगमन गर्ने निकाय किन मौन ?

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता