Logo

सवारी चालक घाइते भएको घटनालाइ राजनितिकरण नगर्न रवि लामिछानेको आग्रह



चितवन,बैशाख ४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापा घरको छतबाट हाम फालेका छन्। भरतपुर-११ स्थित लामिछाने बस्ने गरेको घरमा सुतेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा बिहान ४ बजेतिर छतबाट खसेका हुन्।

गम्भीर घाइते थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरी प्रवक्ता डीएसपी विजय पण्डितले बताए। उनको टाउको र खुट्टामा चोट लागेको छ। रहस्यमय उक्त घटनाको प्रहरीले अनुसन्धान थालेको छ। चितवन,बैशाख ४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापा घरको छतबाट हाम फालेका छन्। भरतपुर-११ स्थित लामिछाने बस्ने गरेको घरमा सुतेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा बिहान ४ बजेतिर छतबाट खसेका हुन्। गम्भीर घाइते थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरी प्रवक्ता डीएसपी विजय पण्डितले बताए। उनको टाउको र खुट्टामा चोट लागेको छ। रहस्यमय उक्त घटनाको प्रहरीले अनुसन्धान थालेको छ।

सामाजिक संजालमा बिभिन्न टिका टिप्पणी भएपछी रबी लामिछानेले सामिजिक संजाल मार्फत उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाउनु भएको छ । त्यस्तै उक्त घटनालाई लिएर राजनीतिकरण नगर्न आग्रह गर्नु भएको छ ।

वहाँले स्ट्याटसमार्फत “आज बिहान प्रिय शम्भु भाइ( मेरो गाडी चालक) छत बाट खसेर दुर्घटनामा पर्नु भयो । CMS ( पुरानो मेडिकल कलेज) मा उहाँ उपचाररत हुनुहुन्छ । बिहानै देखि निरन्तर र भरखरैपनि मैले चिकित्सक सँग परामर्श गरे अनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ,स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै म सँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी,मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसकालागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला।” उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता