Logo

प्रधानमन्त्रीलाई गगनको अल्टिमेटम : ६ महिना लिनुस्, काम देखाउनुस्



काठमाण्डौं,चैत २४ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीकै काममा केन्द्रित हुन पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । प्रधानमन्त्री उद्घाटन, सम्मेलनमा जाने गरेको भन्दै उनले यति धेरै फुर्सद किन छ भनेर प्रश्न गरे ।

शुक्रबार संसदमा विशेष समय लिएर बोल्दै थापाले प्रधानमन्त्रीको काम हेर्दा अत्मविश्वास नभएको र बढी अलमलमा परेको देखिने बताए । बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम आएको भन्दै उनले भने, ‘न्यूनतम साझा कार्यक्रमपछि यात्रा सुरु भयो, मेरो लक्ष्य प्रष्ट भयो । जस भए पनि मेरो, अपजस मेरो हो भन्ने आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ ।’यसका लाागि प्रधानमन्त्रीको टिम चाहिने भए पनि आफूले नदेखेको उनले सुनाए । भारत लगायतका देशका प्रधानमन्त्रीको टिमबारे चर्चा गर्दै उनले हाम्रो प्रधानमन्त्रीको कार्यालय हे¥यो भने सजाय पाएकाहरुलाई थन्क्याउने ठाउँ मात्र बनेको बताए ।

‘प्रधानमन्त्रीले सबभन्दा पहिला चुस्त टिम बनाउनुस्’, कांग्रेस महामन्त्री थापाले भने, ‘गठबन्धनका नेताहरुलाई महिनामा १÷२ दिन भेटे हुन्छ, आफ्नो दल चलाउने कुरा त केही समय बिर्सिए पनि हुन्छ । प्रधानमन्त्रीले प्रधानमन्त्री जस्तो भएर दिनरात काममा लगाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता