Logo

नेपाल चलचित्र कलाकार संघको अध्यक्ष मा मोहन निरौला निर्वाचित



काठमाण्डौं,चैत ५ । नेपाल चलचित्र कलाकार संघमा मोहन निरौला बिजयी भएका छन । शनिवार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

निरौलाले  प्रतिद्वन्दी रेजिना उप्रेतीलाई २६ मतले हराउँदै अध्यक्ष पदमा जीत पक्का गरेका हुन् । कूल खसेको मत ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत प्राप्त गरिन् । २६ मत बदर भयो ।

बरिष्ठ उपाध्यक्ष कबिता गेलाल,उपाध्यक्ष शिवहाँरी नेपाल बैरागी,महासचिव सविना श्रेष्ठ,सचिव रमेश्वर बुर्लाकोटी कोषाध्यक्ष सुनिल कटवाल,सह- कोषाध्यक्ष पवित्रा आचार्य निर्वाचित भएका छन्  ।

यस्तै सदस्यहरुमा क्रमश :- शितल केसी,गोपाल ढकाल छन्दे,उद्दव भट्टराई,पवन केसी,नम्रता खरेल,पुकार भट्टराई,रन्जना खड्का खुश्बु,सरिता राधोपाध्याय,रोशन श्रेष्ठ र समिर लामा बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता