Logo

राखेप कर्मचारी संघको अधिवेशन सुरु



काठमाडौं, फागुन ५ गते ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को छैटौं अधिवेशन नेपालगन्जमा बिहीबारदेखि सुरु भएको छ । अधिवेशनको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरे । अधिवेशनले शुक्रबार नयाँ नेतृत्वको चयन गर्ने छ । अधिवेशनले निम्नानुसारको संकल्प प्रस्ताव पारित गरेको छ ।
संकल्प प्रस्ताव (भावी नीति तथा कार्यक्रम)
प्रस्तुत्कर्ता रञ्जन थापा, अध्यक्ष नेपालगंजमा मिति २०७९ फाल्गुन ४ गते सम्पन्न कर्मचारी संघको छैठौं केन्द्रीय अधिवेशनबाट सर्वसम्मतबाट पारित प्रस्ताव को पूर्ण पाठ

१. बढुवा तथापदपूर्ति सम्बन्धमा ।
राष्ट्रिय खेलकुद परिषद् सेवामावि.सं. २०५३ र २०६१ मापदपूर्ति भएका प्रशासन तथा प्रशिक्षण सेवाका कर्मचारीहरुको हालसम्म बढुवाको प्रक्रिया अगाडी नबढाईएको, त्यसैगरी वि.सं.२०६३ र २०६४ साल  बढुवा भएका कर्मचारीहरुको समेत बढुवाको प्रक्रिया भईसक्दापनि परिषद्बाट बढुवा सम्बन्धी कुनै प्रक्रिया अगाडी नबढाईएको र परिषद्को व्यवस्थापन पक्षबाट बढुवा गर्ने मनसाय समेत राख्ने चेष्ठा गरेको नपाईएकोमा कर्मचारीहरुमा काम गर्ने आत्मबल बढ्नुको साटो घट्दै गईरहेको अनुभूति भएको अवस्थामा  हलै मात्र जारी राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को प्रावधान  अनुरुप युवा तथा खेलकुद मन्त्रालयबाट परिषद्को संगठन संरचना व्यवस्थापन सर्भेक्षणको लागि कमिटि गठन भई कार्य अघि बढि रहेको हुँदा उक्त संगठन संरचना सम्बन्धी सर्भेक्षणको प्रतिवेदन स्वीकृत भई लागू भएको एक महिनाभित्र कर्मचारीहरुको बढुवा तथा रिक्त स्थानमा पदपूर्तिको काम थालनी नगरेमा कर्मचारी संघबाट चरणबद्ध आन्दोलनको घोषणा गरी तत्काल बढुवा तथा पदपूर्ति सम्बन्धी कार्य शुरु नगरेसम्म परिषद्को दैनिक कामकारवाही ठप्प पार्ने कार्यक्रम महाधिवेशनबाट सर्वसम्मतबाट पारित भयो ।

२. अस्थायी, करार तथा मासिक ज्यालादारी कर्मचारीहरुलाई उपदानको व्यवस्था सम्बन्धमा ।
राष्ट्रिय खेलकुद परिषद्को सेवामा विगत लामो समयदेखि अस्थायी, करार तथा मासिक ज्यालादारीको रुपमा कार्यरत कर्मचारीहरुलाई उमेरको हदका कारण सेवा निवृक्त हुंदा कुनैपनि सुविधा उपलब्ध नहुने व्यवस्था भएकोमा जीवनको उर्जाशिल समय परिषद्को सेवामा समर्पित गर्नुपर्ने तर उत्तरार्धमा खालि हात घर फर्कनु पर्ने परिस्थितीका कारण घर परिवारको अवस्था, परिवारको लालनपालन लगायतका बिषय चिन्ताजनक अवस्था रहेको हुंदा परिषद्मा सेवा गरेवापत त्यसरी सेवा निवृक्त हुंदा ५ बर्ष भन्दा बढी निरन्तर सेवा गरेको अवधिको प्रत्येक बर्षको हिसाबले न्याय संगत रुपमा उपदानको व्यवस्थाको लागि राष्ट्रिय खेलकुद परिषद्् मार्फत नेपाल सरकारबाट व्यवस्थाको लागि जोडदार माग प्रस्तुत्का लागि सर्वसम्मबाट पारित भयो ।

३. प्रशिक्षण केन्द्रको स्थापना गरी व्यवस्थित गर्ने ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद सम्बन्धी तालिम केन्द्र तथा खेलकुद प्रतिष्ठान स्थापनाल गरी संचालन गर्न व्यवस्था अनुरुप खेलकुदको विकास र विस्तारको हिसाबले प्रदेश भित्र रहेको खेलकुदप्रतिको अभिरुचिका आधारमा खेलकुद प्रशिक्षण संचालन हुनसक्ने संभाव्यता अध्ययन गरी खेलकुद प्रशिक्षण केन्द्रको स्थापना गरी व्यवस्थित रुपमा संचालन गर्न राष्ट्रिय खेलकुद परिषद् मार्फत युवा तथा खेलकुद मन्त्रालय र नेपाल सरकार समक्ष जोडदार माग प्रस्तुत् गर्ने प्रस्ताव सर्वसम्मतले पारित भयो ।

४. निजामती (सिभिल) अस्पतालको स्वास्थ्य सुविधा उपलब्ध गराउने सम्बन्धमा ।
निजामती अस्पतालमा निजामती कर्मचारीहरुले स्वास्थ्य उपचारको सहुलियत सुविधा पाएसरह राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीलाई समेत सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले कर्मचारी संघले बारम्बार आवाज उठाईरहेकोमा राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकबाट समेत यस बिषयमा निर्णय भई प्रक्रिया अघि बढीरहेको अवस्थामा सहुलियत दरको स्वास्थ्य सेवाको सुविधाको लागि कर्मचारी संघबाट उपयुक्त पहल गरी कर्मचारीहरुलाई सो सुविधा उपलब्ध गराउन प्रतिबद्धता सहितको प्रस्ताव सर्वसम्मतबाट पारित भयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता