Logo

बालाजुमा प्रहरीको सवारी साधन, विट तथा ट्राफिक आईल्याण्डमा आगजनी तथा तोडफोड गर्ने ६ जना तथा लुटपाटमा संलग्न ४ जना गरी १० जना पक्राउ :



काठमाण्डौं,फागुन ४ । फागुन १ गते काठमाडौं को गोंगबु माछापोखरी सवारी साधन आगजनी गर्ने तथा प्रहरी विट र आइल्याण्ड समेतमा तोडफोड तथा आगजनी गर्नेलाइ पक्राउ गरि कानुनी कारवाहीको प्रक्रिया अगाढी बढाएको छ ।

महानगरपालिका वडा नं.१६ माछापोखरी चोकमा विभिन्न यातायात मजदुर संघका यातायात व्यवसायीहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न माग राखी गरेको विरोध प्रदर्शनको क्रममा प्रहरी वृत्त बालाजुबाट तथा सुरक्षाका लागि खटिएका अन्य थप प्रहरी कर्मचारीहरू लिई गएको सवारी साधन आगजनी गर्ने तथा प्रहरी विट र आइल्याण्ड समेतमा तोडफोड तथा आगजनी गर्ने निम्न ६ जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम पराधिक उपद्रव गर्न नहुने कसुर सम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको हो ।

यसरी कसुर ठहर भाएका  उदयपुर बलमता गाउँपालिका ०२ घर भई हाल काठमाण्डौ तार्केश्वर १०, मनमैजु वस्ने बिक्रम राई, नुवाकोट पञ्चकन्या गाउँपालिका ०३ घर भई टोखा नगरपालिका ०३ बानियाटार वस्ने रामहरी भण्डारी, लमजुङ वेशीशहर ०५ घर भई तार्केश्वर नगरपालिका १० वस्ने विवेक श्रेष्ठ, काभ्रेपलान्चोक मानेडाडाँ गाउँपालिका घर भई काठमाण्डौ महानगरपालिका १६ बस्ने राजेश तामाङ, प्युठान कडी गाउँपालिका ०१ घर भई गोंगवु वस्ने दिपेन्द्र पुन मगर र काभ्रेपलान्चोक भुम्लु गाउँपालिका ०२ घर भई काठमाण्डौ महानगरपालिका १६ गंगाहल वस्ने आशिष खड्का रहेका छन् ।

यसैगरी सोही बेलुकी अं १८:०० बजेको समयमा गोंगबु नयाँबसपार्क स्थित लोत्से मलमा प्रवेश गरी ACDC मोबाईल प्रा.लि., डायमण्ड मोबाईल प्रा.लि. तथा काठमाडौँ सुपर मार्केट प्रा.लि.मा तोडफोड गरी उक्त पसलहरु भित्र रहेका मोबाईल, मोबाईलको चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतका सामानहरु चोरी गरी लगेको भन्ने सूचनाको आधारमा निम्न ४ जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २०, चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाईएको प्रहरीले पत्रकार सम्मेलन मा जानकारी गराए  ।

जिल्ला दैलेख भगवती गा.पा. वडा नं. ३ घर भई हाल काठमाडौँ जिल्ला तारकेश्वर बस्ने चिरन रेग्मी, जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका वडा नं.२६ सामाखुसी बस्ने नविन खड्गी, जिल्ला रुपन्देही खैरेनी न.पा. वडा नं. ५ स्थायी वतन भई हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. २६ बस्ने सुजन खत्री,
जिल्ला झापा शिवसताक्षी न.पा. वडा नं.४ स्थायी वतन भई हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. १५ स्वयम्भु बस्ने प्रदिप बस्नेत , संलग्न  रहेकालाई सार्वजनिक गरेको छ । ( फोटो ,समाचार श्रोत उपत्यका प्रहरीको कार्यालय )

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता