Logo

आकर्षक पुरस्कार राशिसहित फुटसल प्रतियोगिता



काठमाण्डौं,माघ ५ । खेलकुदका माध्यमबाट आपसी भाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्घि गर्ने उद्देश्यका साथ ललितपुरको जावलाखेलमा अवस्थित डि.ए.भी. कलेज (+2) ले अन्तर कलेज+2, 6 A side चौथो फुटसल प्रतियोगिता भव्य रूपमा आयोजना गर्ने जनाएकोे छ ।

कलेजका एकेडेमिक डाइरेक्टर श्री सुमन बस्नेतका अनुसार गत वर्षको पुरस्कार राशिमा वृद्घि गरी विजेता टिमलाई रू ३ लाख नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई रू २ लाख नगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने उल्लेख गरेको छ ।

यही माघ २० गतेदेखि २२ गते तदअनुसार फेब्रुअरी ३ देखि ५ सम्म ऐतिहासिक रूपमा सञ्चालन हुने सो प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने कलेजले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता