Logo

पृथ्वी र बीएनए सफल



काठमाडौं, मंसिर ११ गते । पृथ्वी र बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले १५ औं माछापुच्छ्रे –भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सफलता पाएका छन् ।

भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा पृथ्वीले पारा माउन्टलाई ३०–१९ ले पराजित ग¥यो । विजेताका गौतम मगरले २६ अंक जोडे । बीएनएले युनिभर्सिटीलाई ३३–१७ ले हरायो । बीएनएका सन्देश गौतमले २० स्कोर गरे ।

सिनियर ब्वाइजमै आयोजक भ्याली पब्लिकले मिश्रित नतिजा निकाल्यो । टीआईएले आयोजक भ्याली पब्लिक ‘बी’ माथि २८–२६ को कठिन जित दर्ता ग¥यो । टीआईको जितमा कृष्ण महर्जनले ९ अंक योगदान गरे । आरोध कार्कीको १२ अंक सहयोगमा भ्याली पब्लिक ‘ए’ ले बीएमसीएलाई ३९–२५ ले पन्छायो । ग्रिनल्यान्डले भद्रकालीलाई ५०–२५ को फराकिलो अन्तरले निराश पा¥यो । विजयी टिमका लागि दिवस भुजेल र रोहन श्रेष्ठले समान १५–१५ अंक बटुले ।

जुनियर ब्वाइजमा बीएनएले एनसीसीएसलाई ३२–१७ तथा भ्याली पब्लिकले डाफोडिललाई १६–७ ले पराजित गरे । बीएनएका एलेक्स गुरुङले १२ तथा भ्याली पब्लिकका छिमे तामाङले ७ अंक जोडे ।

सिनियर गल्र्समा ग्रिनल्यान्डले फेरिल्यान्डलाई २१–१४ तथा पृथ्वीले विस्डमलाई ३६–१० ले हराए । ग्रिनल्यान्डकी जेनिशा श्रेष्ठले १० तथा पृथ्वीकी दावा ल्हामु गुरुङले १४ स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता