Logo

रवि लामिछानेको चुनावी खर्च यति थोरै ? के रविले देखाएको चुनावी खर्च यत्ति होला त ?



काठमाण्डौं,मङ्सिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावमा थोरै भन्दा थोरै गर्ने प्रयास गर्दा गर्दै करिब १२ लाख खर्च भएको बताएका छन् । शनिबार चुनावी खर्च विबरण सार्वजनिक गर्दै रविले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन् ।

चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका रविले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् । रविले यस विषयमा सामाजिक सञ्जालमार्फत जनाकारी दिँदै आजदेखि खुसियाली मनाउने दिन सकिएको समेत प्रतिक्रिया दिएका छन् ।

फेसबुकमा रविले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने दाबी गर्दै संघसंस्थाको उद्घाटन, आसन ग्रहणमा सहभागी नहुने समेत उल्लेख गरेका छन् । उनले प्रत्यक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैं उपस्थित हुने समेत उल्लेख गरेका छन् ।

यो पनि : माओवादीकी नेतृ रेखा शर्माले चुनाव जितेपछि शंकरलाई उनकै घरमा पुगेर भेटिन् : चुनावमा हारजीत सबैको हुन्छ । हारजीतकै कारण एक अर्का संग मनमुटाव समेत हुने गर्दछ । तर दाङ–२ मा भने फरक दृश्य देखिएको छ । दाङबाट नवनिर्वाचित माओवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य रेखा शर्माले आफ्नै निकटतम प्रतिद्धन्दी एमालेका महासचिव शंकर पोखरेललाई घरमै गएर भेट गरेकि छिन् ।

यो भेटमा दुबै जनाबीच छलफल भएको थियो । चुनाव जितेपछि उनी शुक्रबार नेता पोखरेललाई भेट्न उनकै निवासमा पुगेकी हुन् । भेटवार्ताका क्रममा दुबै जनाले दाङको विकासबारे छलफल गरेको बुझिएको छ ।

उनले पोखरेलसँग जिल्लाको विकास र समृद्धिबारे सल्लाह र सुझाव पनि मागेकी थिईन् । महासचिव पोखरेलले पनि भेटमा शर्मालाई निर्वाचन जितेकोमा बधाई दिए । उनले शर्मालाई दाङको विकासका लागि आफू सधैं सहयोग गर्न तयार रहेको जवाफ दिएका थिए ।

त्यस्तै नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खेलराज भट्टको गृह जिल्ला रहेको कैलालीमा नेकपा एमाले निल भएको छ ।
कैलालीमा नेकपा एमाले प्रतिनिधि तथा प्रदेश सभामै निल बनेको छ ।२०७४ को निर्वाचनमा कैलालीमा एमालेले प्रतिनिधि तर्फ दुई स्थान जितेको थियो भने, प्रदेश सभा तर्फ ५ सीट जितेको थियो ।

तर मंसिर ४ गते सम्पन्न निर्वाचनमा भने एमाले कैलालीबाट निल भएको हो । प्रतिनिधि सभा तर्फ कैलाली–४ मा इन्चार्ज भट्ट आफै पराजित भएका छन्, भने, कैलाली–५ मा नारदमुनि राना, कैलाली–३ मा  गौरिशंकर चौधरी, कैलाली–२ मा झपड रावल र कैलाली–१ मा तपेन्द्र रावल पराजित भएका छन् ।
प्रदेश सभा तर्फपनि सुदूरपश्चिममा एमाले निल भएको छ । कैलालीका १० वटा प्रदेश सभा क्षेत्र मध्य एमालले ९ वटा क्षेत्रमा उम्मेदवारी दिएको थियो । कैलाली–१ को प्रदेश क्षेत्र क मा भने एमालले जसपालाई छोडेको थियो ।

एमालेका तर्फबाट कैलाली १ को प्रदेश ख मा द्वारिका प्रसाद न्यौपाने, क्षेत्र नम्बर–२ को प्रदेश क मा कमला कुमारी ओली, ख मा डेजि पाण्डे, कैलाली क्षेत्र नम्बर ३ को प्रदेश क मा राजबहादुर बुढा, ख मा जयनारायण जोशीलाई उम्मेदवारी दिएका थिए ।

त्यसैगरी कैलाली क्षेत्र नम्बर–४ को प्रदेश क मा एमालेका भीमबहादुर देउवा, ख मा हरिसिंह साउँद र कैलाली–५ को प्रदेश क्षेत्र क मा नेपालु चौधरी र अ मा दुर्गा जोशीले उम्मेदवारी दिएका थिए । तर ९ मध्य एक जनाले पनि जीत हाँशील गर्न सकेनन् । नेकपा एमाले दार्चुला, बझाङ र अछाममा पनि निल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता