Logo

गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्छ : प्रचण्ड



काठमाण्डौं,कार्तिक १६ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताएका छन् । बुधवार गोरखा–काठमाण्डौ सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

हामीले गोरखामा रेकर्ड बनाउनु छ । गोरखाबाट हामीले रेकर्ड बनाएर माओवादी पार्टीलाई जितायौँ भने रेकर्डसहित आएको नेता भन्न हुने उनले बताउका छन् । गोरखाबाट संसारमा माओवादी देखियोस्  भन्ने आफ्नो चाहाना भएको उनले बताए ।

आफू गोरखामा चुनाव उठ्न आउनु गोरखावासीका लागि चुनौती भएको उनले बताए । राष्ट्रिय एकताको सन्देश दिनका लागि आफू गोरखामा गएर चुनाव लडेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता