Logo

श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बर अफ कमर्सको अपेक्षा



काठमाण्डौं,साउन १५ ।  नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच आज भेटवार्ता भएको छ । श्रीलंकामा कार्यभार सम्हाल्न जानु अघि राजदूत मिश्रले काठमाण्डौं  जमलस्थित भवनमा चेम्बरका पदाधिकारीसंग भेटवार्त गर्नुभएको हो । मिश्रसंगको भेटका क्रममा चेम्बर पदाधिकारीले कठिन परिस्थितीबाट गुज्रिरहेको श्रीलंकाको अर्थतन्त्रले छिटै लय समात्ने अपेक्षा गरेका थिए । चेम्बरका कार्यवाहक अध्यक्ष कमलेश कुमार अग्रवालले राजदूत मिश्रको कार्यकालको सफलताको कामना गर्नुभयो ।

श्रीलंकाको आर्थिक अवस्था अहिले चुनौतिपूर्ण भए पनि लामो समय नरहने आफ्नो अपेक्षा रहेको अग्रवालको भनाई छ । सार्क, बिम्स्टेक जस्ता क्षेत्रीय संगठनको साझेदार रहेका दुइ मुलुकवीच व्यापारका लागि अझै पनि ठूलो संभाबना रहेको अग्रवालले बताउनुभयो ।
नेपाल चेम्बर अफ कर्मस र श्रीलंकन चेम्बर अफ कमर्सबीच अहिले पनि उच्चस्तरीय व्यवसायिक सहकार्य जारी रहेकाले राजदूत मिश्रको कार्यकालमा पनि यसले निरन्तरता पाउने अग्रवालले आशा व्यक्त गर्नुभयो । अग्रवालले श्रीलंका र नेपालबीच ऊर्जा व्यापारको सभावना रहेको र भारत सहित त्रिपक्षीय सम्झौताको आवश्यक्तामा समेत जोड दिनुभयो ।

बुद्धको जन्मभुमी लुम्विनी श्रीलंकन पर्यटकका लागि उत्कृष्ट गन्तव्य वन्न सक्ने र लुम्विनी अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माणले कोलम्वो लुम्बिनी सिधा बिमान सम्पर्कका लागि आवश्यक पहल गर्न पनि कार्यवहाक अध्यक्ष अग्रवालले राजदूत मिश्रसंग आग्रह गर्नुभयो । राजदूत मिश्रले पनि श्रीलंकन अर्थतन्त्रमा छिट्टै सुधार आउनेमा आफु आशावादी रहेको बताउनुभयो । बुद्धमार्गीहरुको भूमि श्रीलंकाबाट पर्यटक ल्याउन एवं नेपालको पर्यटकीय गन्तव्यको प्रर्वद्धनका लागि आफुले पहल गर्ने राजदूत मिश्रको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता